बाँकेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगंज उपमहानगरपालिका-९ का ५९ वर्षीय एक पुरुषको आइतबार राति ८: ३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
ती पुरुषको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
उनमा लामो समयदेखि मुटु रोग र मधुमेहको समस्या रहेको चिकित्सकले बताएका छन्। भदौ १५ गते कोरोना पुष्टि भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १८ गते अस्पताल भर्ना गरिएको थियो।
योसँगै बाँके जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या सात पुगेको छ।
प्रतिक्रिया