समाज


चाइनिज र फ्रेन्च भाषा सिक्दै विमानस्थलका सुरक्षाकर्मी

चाइनिज र फ्रेन्च भाषा सिक्दै विमानस्थलका सुरक्षाकर्मी

नेपालखबर
साउन ६, २०७६ सोमबार १४:५७,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई चाइनिज र फ्रेन्च भाषा सिकाउन अनुशिक्षण कक्षा सञ्चालन गरिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई विदेशी भाषाको सामान्य ज्ञान दिन थालिएको हो।

सोमबार विमानस्थल कार्यालयमा आयोजित एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अन्तर्गतको अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सन्दिप भण्डारीले दुई दिने अनुशिक्षण कार्यक्रमको सुरुवात गरे।

प्रहरी कर्मचारीहरुमा चाइनिज तथा फ्रेन्च भाषाको ज्ञान भई यात्रुहरुलाई परेको समस्यालाई सजिलै समाधान गरी यात्रुहरुलाई सभ्य, शिष्‍ट र नम्र व्यवहार गरी यात्रु सेवा मैत्री बनाइराख्न यस्तो प्रयास गरिएको कार्यालयले जनाएको छ।

उक्त कार्यक्रममा नेपाल नागरिक उड्यन प्राधिकरण सेवा (चाइनिज) विभागका विष्णु कुमार थापा, चाइनिज नेपाली ट्रेडिसनल चाइनिज मेडिसिन हस्पिटलका डा. प्रज्वल सापकोटा र सृजना रिमाल, सुरक्षा सेवा (फ्रेन्च भाषा) निर्देशनालयका प्रहरी नायव निरीक्षक प्रकाश शाक्य र विमानस्थल पर्यटक प्रहरीका प्रहरी नायव निरीक्षक चित्रकला थापाले प्रशिक्षण दिएका थिए। सो कक्षमा १८० प्रहरी उपस्थित रहेको बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad