ad ad

समाज


‘ट्रम्पकी सेक्रेटरी सेरा स्यान्डर्सलाई किम जोङ उनले आँखा झिम्क्याएका थिए’

‘ट्रम्पकी सेक्रेटरी सेरा स्यान्डर्सलाई किम जोङ उनले आँखा झिम्क्याएका थिए’

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ७:१५,

सेराले लेखेको संस्मरणमा किमले आँखा झिम्क्याएको उल्लेख गरिएको फक्स न्युजले जनाएको छ।

केही समयमै सेराले लेखेको पुस्तक ‘स्पिकिङ फर माइसेल्फः फेथ, फ्रिडम, एन्ड द फाइट अफ आवर लाइभ्स इन्साइड ट्रम्प ह्वाइट हाउस’ सार्वजनिक हुँदैछ।

यस पुस्तकमा सन् २०१८ मा ट्रम्प र किमबीच सिंगापुरमा पहिलो शिखर वार्ता हुँदा किमले आफूलाई एकोहोरो हेरेको र आँखा झिम्क्याएको उल्लेख गरिएको छ।

यही विषय सेराले त्यसबेला विमानस्थल फर्कँदै गर्दा ट्रम्पलाई पनि सुनाएको पुस्तकमा बताइएको छ। यो सुनेर ट्रम्प मज्जाले हाँसेको पनि पुस्तकमा जनाइएको छ।

किमले एकोहोरे हेरर र आँखा झिम्क्याएपछि वैठक अवधिभर आफूलाई अप्ठ्यारो महसुस भएको त्यसकारण आफूले किमलाई बेवास्ता गरेको सेराको भनाइ छ।

पुस्तकमा उल्लेख गरिएअनुसार ट्रम्पले त्यसबेला ठट्यौली पारामा भनेका थिए,‘त्यसो भए तपाइँले निधो गरिसक्नु भयो कि तपाइँ उत्तर कोरिया जाँदै हुनुहुन्छ। श्रीमान र छोराछोरीलाई तपाइँलाई सम्झनेछन्। देशका लागि पनि तपाइँ सँधै नायक हुनुहुनेछ।’

पुस्तकमा आफू सरकारको लागि काम गर्दा परिवार असुरक्षित हुने त्रास पनि आफूलाई भएको उनले बताएकी छिन्। त्यसकारण उनले छोराछोरीलाई बर्थडे पार्टी लगायतका मनोरन्जनात्मक कार्यक्रममा छोराछोरी पठाउँदिन थिइन्। फक्स न्युज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .