ad ad

समाज


बारामा भारतीय सीमा नजिकै भेटियो युवाको शव, गोली हानेर हत्या गरेको आशंका

बारामा भारतीय सीमा नजिकै भेटियो युवाको शव, गोली हानेर हत्या गरेको आशंका

नेपालखबर
साउन ६, २०७६ सोमबार ८:२२,

बाराको सुर्वणपुरमा एक युवाको शव भेटिएको छ।

सोमबार बिहान सुवर्णपुर गाउँपालिका–१, बगहीमा एक युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए।्

उनले आइतबार राति हात्यका भएको हुनसक्ने बताए। स्थानीयले सोमबार बिहानै शव देखेपछि प्रहरीलाइृ खबर गरेका थिए।

‘अन्दाजी २२÷२३ वर्षका एक युवाको शव भेटिएको छ’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘टाउँकोमा गम्भीर चोट देखिन्छ।’

टाउकोमा लागेको चोट गोली लागेजस्तो देखिए पनि अहिलेसम्म एक्किन नभएको भनाई छ। ‘गोली नै लागेको हो भनेर भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘यसबारे अनुसन्धान गरिरहेको छौँ।’

मृत अवस्थामा भेटिएका युवाको अहिलेसम्म सनाखत हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .