समाज


गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो, १३ जनाको मृत्यु

गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो,  १३ जनाको मृत्यु

नेपालखबर
भदौ १४, २०७७ आइतबार ४:१९,

 गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ।

आइतबार बिहान प्रदेशका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डो विनोदविन्दु शर्माले जानकारी दिए।

थपिएका संक्रमितमा नवलपरासी (सुस्तापूर्व)को ३ का तीन जना र कास्कीका २ जना रहेका छन्। नवलपरासी मध्यबिन्दु–४ का कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी रहेको र उनी कलेज अफ मेडिकल साइन्समा कार्यरत रहेकी छन्। उनी सोही कलेजको आइसोलेसनमा रहेको डा. शर्माले जानकारी दिए।

अन्य सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ। 

डा. शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। नवलपरासी (सुस्तापूर्व)का ६२ वर्षीय पुरुषको शनिबार चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad