समाज


अमेरिकी प्रहरीले ७ गोली हानेका ज्याकोब ब्लेकको कम्मर मुनिको भाग प्यारालाईज

अमेरिकी प्रहरीले ७ गोली हानेका ज्याकोब ब्लेकको कम्मर मुनिको भाग प्यारालाईज

नेपालखबर
भदौ १०, २०७७ बुधबार ११:१५,

२९ वर्षका ज्याकोबमाथि प्रहरीले गत आइतबार उनकै तीन छोराछोरी अगाडि गोली हानेका थिए। विसकनसिन राज्यको केनोसामा यो घटना भएको थियो।

अमेरिकामा प्रहरीले जोर्ज फ्लोइडको हत्या गरेपछि गत मे महिनायता रंगभेदविरुद्धको प्रदर्शन भइरहेको थियो। अश्वेत नागरिक ज्याकोबमाथि गोली प्रहार भएपछि पुनः रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ।

ज्याकोबका परिवारले उनको कम्मर मुनिको भाग नचल्ने भएको बताएका छन्। यद्यपी अस्पतालले यो सँधै भरी प्यारालाईज भएको नभएकोबारे जानकारी दिएको छैन।

सिकागो टाइम्सका अनुसार ज्याकोबको शरीरमा आठ वटा खाल्डा छन्। त्यो सबै गोलीको चोट भएको बताइएको छ।

(भिडियो)

ज्याकोबका पिता ज्याकोब ब्लेक सिनियर भन्छन्,‘के त्यसरी गोली प्रहार गरिनु जायज थिए? मेरा नातिनातिनाको अगाडि गोली चलाउनु कति न्यायपूर्ण छ? हामी यो के गर्दैछौं।’

ज्याकोबलाई किन गोली हानियो भन्नेबारे हालसम्म केही खुलाइएको छैन। प्रहरीले गोली प्रहार गरेको भिडियो भाइरल भएपछि त्यहाँका स्थानीयहरूले चर्को रुपमा विरोध प्रदर्शन गर्न थालेका छन्।

हाल प्रहरीको ज्यादतीविरुद्ध अमेरिकामा आन्दोलन चर्किएको छ। प्रदर्शन हिंस्रक बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ। साथै विशेष प्रहरीहरु सुरक्षाको लागि खटाइएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad