ad ad

समाज


काठमाडौँका ३ सहित कोरोना संक्रमणबाट थप ७ को मृत्यु, मृतकको संख्या १६४ पुग्यो

काठमाडौँका ३ सहित कोरोना संक्रमणबाट थप ७ को मृत्यु, मृतकको संख्या १६४ पुग्यो

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १०:५९,

काठमाडौँका ३ सहित नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँकी एक महिलासहित ७ जनाको मृत्यु भएको बताए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँकी ७१ वर्षीया महिला, काठमाडौँकै ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषका ७६ वर्षीय पुरुष र रुपन्देहीको ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।

 योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउने संख्या १६४ वर्ष पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .