ad ad

समाज


पशुपति आर्यघाटमा यसरी गरियो राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

पशुपति आर्यघाटमा यसरी गरियो राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

नेपालखबर
भदौ ३, २०७७ बुधबार ७:५४,

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको हो।

उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए।

नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएकाे थियो। 

यसअघि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उनकै निवासमा पुगि  राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

त्यस्तै निवासमै पुगि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

 तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रहेका घिमिरेलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो।

उनका ‘गौरी’ ‘राजेश्वरी’, ‘इन्द्रकुमारी’, ‘राष्ट्रनिर्माता’ खण्डकाव्य, ‘मालती मंगले’ (गीतिनाटक) लगायतका कृति प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .