भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यसपालिको तीज पर्व आ–आफ्नै घरमा मनाउन सबैसँग आग्रह गरेकी छन्।
महानगर प्रमुख दाहालले कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा आ-आफ्नै घर बसेर, मास्क र सेनिटाइजरको प्रयोग गरी भौतिक दूरी कायम गरी तीज पर्व मनाउन आग्रह गरेकी हुन्।
मंगलबार प्रकाशित शुभकामना सन्देशमा दाहालले लेखेकी छन्, ‘महानगरपालिका क्षेत्रमा पनि यसको (कोरोना) संक्रमण दर वृद्धि हुँदै गएको सन्दर्भमा सामूहिक खानपिनको कार्यक्रम आयोजना नगर्न, नित्य कर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगर्नहुन अपिल गर्दछु।’
प्रतिक्रिया