समाज


कोरोनाविरुद्धको रुसी खोप अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

कोरोनाविरुद्धको रुसी खोप अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

नेपालखबर
साउन २९, २०७७ बिहिबार १२:२१,

चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौंं बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ। तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ।

बहुचर्चित रुसी औषधी यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएको बताएका थिए।

रुसले बनाएको भनिएको औषधीले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधी किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ।

रुसले तेस्रो तथा अन्तिम चरणको परीक्षण नगरी आफ्नो देशमा कोरोनाविरुद्धको खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको बताएपछि भने यस विषयले विवाद सिर्जना गरेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad