समाज


नाइजेरियामा भएको गोली हानाहानमा २१ को मृत्यु

नाइजेरियामा भएको गोली हानाहानमा २१ को मृत्यु

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १३:१९,

उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ।

नाइजेरियाको जांगो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ। तर कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन।

बिहीबार रातिबाट शुरु भएको यस बन्दुक आक्रमणमा परी २१ व्यक्तिको ज्यान गएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले बताउनु भएको छ।

मोहमदले सिन्ह्वा समाचार समितिलाई यस घटनाको पुष्टि गरेका छन्। नाइजेरियाको कदुना राज्यको जांगो कताफ क्षेत्रमा यो आक्रमण भएको बताइएको छ। प्रवक्ताका अनुसार बन्दुकधारीहरुको हालसम्म परिचय खुल्न सकेको छैन।

यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जांगो कताफको पाँच वटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .