समाज


चुच्चेपाटीमा घरायसी झगडामा पत्नी र छोरीमाथि स्प्रिट प्रहार

चुच्चेपाटीमा घरायसी झगडामा पत्नी र छोरीमाथि स्प्रिट प्रहार

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ०:५७,

काठमाडौंको चुच्चेपाटीमा एक व्यक्तिले आफ्नै पत्नी र छोरीलाई स्प्रिट छ्यापेका छन्।

हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले रक्सीको सुरमा ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई गए राति नौ बजे स्प्रिट आक्रमण गरेका हुन्।

घटनापछि राजन विष्टलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक हिरा महराले जानकारी दिए।

‘विष्ट परिवारमा घरायसी झगडा रहेछ। राति मादक पदार्थ खाएर घर आएपछि बाबुले छोरी र पत्नीलाई एसिड आक्रमण गरे भन्ने खबर आयो,’ प्रहरी निरीक्षक महराले नेपालखबरसँग भने, ‘बाबुलाई पक्राउ गरेर अनुसन्धान गर्दा एसिड नभएर हात धुन प्रयोग गरिने स्प्रिट छ्यापेको पाइयो।’

स्प्रिट आक्रमणबाट आमा र छोरीलाई कुनै असर भने नगरेको उनले बताए। ‘राति नै उनीहरुलाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको थियो, दुबै जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।’

टाउको र अनुहारमा स्प्रिट परे पनि आमाछोरी दुबैको आँखाको ज्योतिमा कुनै असर नगरेको चिकित्सकले बताएका छन्।

‘स्प्रिट आक्रमण गर्नेलाई के कारबाही हुन्छ, हामी बुझ्दै छौँ। छलफलको लागि राजनका पत्नी र छोरीलाई आज बिहान प्रहरी कार्यालयमा बोलाएका छौँ,’ प्रहरी निरीक्षक महराले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad