ad ad

समाज


डाक्टर रुपचन्द्र विश्वकर्मालाई ‘प्रकाश मानव अधिकार पुरस्कार’

डाक्टर रुपचन्द्र विश्वकर्मालाई ‘प्रकाश मानव अधिकार पुरस्कार’

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ९:४५,

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८औं स्मृति दिवसका अवसरमा ‘प्रकाश मानव अधिकार पुरस्कार–२०७६’ बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिने भएको छ।

शुक्रबार इन्सेकले काठमाडौंमा आयोजना गरेको २८ औं प्रकाश स्मृति दिवस तथा २६ औं प्रकाश मानव अधिकार पुरस्कार घोषणा सहारोहमा सो जानकारी गराइएको हो। कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य एवम् राष्ट्रपतिका पूर्व मानव अधिकार र राजनीतिक विज्ञ सल्लाहकार सुशील प्याकुरेलले स्वर्गीय प्रकाश काफ्लेले मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे।

मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा पुर्‍याएको योगदानका लागि यसअघि २५ जनालाई प्रकाश मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिसकिएको इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताइन्। अध्यक्ष श्रेष्ठले कोरोना महामारीका कारण यो वर्ष पहिलोपटक पुरस्कृत व्यक्तिको उपस्थितिबिना कार्यक्रम गर्नु परेको बताइन्।

इन्सेकका महासचिव रुद्रबहादुर चर्माकारले इन्सेकका सात प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा केन्द्रीय कार्यालयले तयार पारेको सिफारिसको सूचीलाई पुरस्कार छनोट समितले पुरस्कृत व्यक्तित्व छनोट गरिएको बताए।

‘बाजुरा जिल्लाको स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा सुपरिचित रुपचन्द्र विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो’ महासचिव चर्माकारले भने।

कोरोना संक्रमणको महामारीका कारण यो वर्ष साउन १६ गते पुरस्कार प्रदान गर्न नसकिएको बताउँदै अवस्था सामान्य भएपछि पुरस्कार प्रदान गरिने पनि उनले जानकारी दिए।

इन्सेकका संस्थापक सदस्य डा. बद्रिप्रसाद खतिवडाले नेपालको मानव अधिकारको विकासका लागि स्वर्गीय प्रकाश काफ्लेको निकै ठूलो योगदान रहेको बताए।
मानव अधिकारकर्मी गणेश विकले पुरस्कृत व्यक्तित्वले समाजमा योगदान पुर्‍याएको र उक्त कामलाई इन्सेकले चिनेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .