ad ad

समाज


सुरु भयाे चौथो उद्धार उडान, कुन-कुन देशबाट फर्किंदैछन् नेपाली?

सुरु भयाे चौथो उद्धार उडान, कुन-कुन देशबाट फर्किंदैछन् नेपाली?

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ३:२३,

कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपाली ल्याउन आज (शुक्रबार) चौथो चरणको उद्धार उडान सुरु गरिएको छ।

विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि साउन २४ गतेसम्म उद्धार उडान जारी रहनेछ।

यसका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सले पनि उडान तालिका बनाइसकेका छन्।

जसअनुसार आज बिहान ७:०० बजे हिमालययकाे जहाज चीनको कुनमिङ र श्रीएयरलाइन्सको जहाज बैंकक प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले यस अवधिमा जम्मा १८ उडान गर्नेछ।

यूएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ।

हिमालयले पनि साउन २३ सम्म कूल १८ उडान गर्ने जनाएको छ। चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ।

यस्तै नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि चार्टर्ड उडान गर्नेछन्। जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन्।

सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय उडान हुँदैछन्।

नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सले आज कुवेत र दुबईबाट चार्टर्ड उडान गर्दै छ। हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली काठमाडौं ल्याउनेछ। एयरलाइन्सले कुवेतबाट दुई उडान गरी नेपाली फर्काउने जनाइएको छ।

मालिन्दो एयरले क्वालालम्पुरबाट आजै नेपाली ल्याउँदै छ। सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयअनुरुप चौथो चरणको उडानका लागि ५४ वटा उडान अनुमति दिएको छ। अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन्।

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .