काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४५ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका ४१, ललितपुरका २ र भक्तपुरका २ गरी उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएको हो।
याेसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
याे पनि: ६ हजार ३०४ को पीसीआर परीक्षण गर्दा २७४ जनामा कोरोना संक्रमण पुष्टि
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ।
आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको थियो।
प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।
याे पनि : नेपालमा थप २२७ कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुग्यो
Shares

प्रतिक्रिया