समाज


काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्ने तीन जना नवलपरासीमा पक्राउ

काठमाडौंमा सुन र पेस्तोल फालेर भाग्ने तीन जना नवलपरासीमा पक्राउ

नेपालखबर
साउन १५, २०७७ बिहिबार ४:१५,

काठमाडौंको कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलाे धातु र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन्।

स्रोतका अनुसार देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेल पक्राउ परेका हुन्। उनीहरु तीनै जना पूर्वीनवलपरासीबाट पक्राउ परेका हुन्।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा ६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीन जना छन्।

मंगलबार काठमाडौंको कमलपोखरीमा स्कर्पियो चेकजाँचका क्रममा सो घट्ना भएको थियो। प्रहरीले पिछा गरेपछि कमलादीमा १५ केजी सुनजस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको बताएको थियो।

परीक्षण गर्दा १५ केजीमध्ये आधा केजी मात्रै सुन भएको पत्ता लागेको थियो। तर, हतियारसहितका अभियुक्त प्रहरीको अगाडिबाटै गाडीमा भाग्न सफल भएको भन्दै प्रहरीमाथि नै छानविन सुरु भएको हो।

दरबारमार्ग प्रहरी बृत्तले गरेको उक्त अप्रेसनका बारेमा अन्य युनिटलाई खबरसमेत नगर्दा अभियुक्त भाग्न सफल भएका थिए।

काठमाडौंबाट भागेका अभियुक्तलाई अपराध महाशाखाको टोलीले नवलपरासी पूर्वबाट भारततर्फ भाग्न लाग्दा पक्राउ गरेको छ।

याे पनि: 
प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?

कमलादीमा सुन र पेस्तोल प्रकरण : २४ घण्टा नबित्दै फेरिए छानविन समितिका संयोजक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .