ad ad

समाज


तराईका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, अरू कता-कता पानी पर्ला?

तराईका अधिकांश स्थानमा बिहानैदेखि वर्षा, अरू कता-कता पानी पर्ला?

नेपालखबर
साउन १५, २०७७ बिहिबार २:१८,

तराईका अधिकांश स्थानमा बिहानैदेखि वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

तीन-चार घण्टायता खासगरी पूर्व र मध्य तराईमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

‘पश्चिम प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका पनि आइसोलेटेड (खास खास ठाउँमा) वर्षा भइरहेको छ,’ बिहीबार बिहान ८ बजेतिर उनले भने, ‘कतिपय स्थानमा भारी वर्षा पनि भइरहेकाे छ।’ 

मौसमविद् अर्यालका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको मध्य र पूर्वी तराई भूभाग नजिक रहेकाले वर्षा पनि बढी उतै भइरहेको हो।

‘तर मनसुनका बेला वर्षा त देशभरकै विभिन्न स्थानमा हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा लगातार वर्षा त हुँदैन, कतिपय स्थानमा एकछिन घाम लाग्ने, फेरि धुम्म हुने तथा पानी पर्ने हुन सक्छ।’

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको माैसमविद् अर्यालले बताए।

आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ :

‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .