समाज


भारतमा बाढीको खतरा यथावत, सयको मृत्यु ८० लाखभन्दा बढी विस्थापित

भारतमा बाढीको खतरा यथावत, सयको मृत्यु ८० लाखभन्दा बढी विस्थापित

नेपालखबर
साउन २, २०७६ बिहिबार १०:२३,

मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय पुगेको छ।

सो प्रकोपको कारण ८० लाख भन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएका सम्बन्धित अधिकारीहरुले सिन्ह्वालाई जानकारी दिएका छन्।

बाढी प्रभावित व्यक्तिहरुको लागि राज्य सरकारका प्रतिनिधिहरुले खानेकुरा, लत्ताकपडा र औषधीलयायत अन्य आवश्यक सामाग्रीहरु प्रवन्ध मिलाएको बताइएको छ।

हालै बिहारमा आएको बाढीको प्रमुख कारण अबिरल रुपमा परेको मौसमी वर्षा भएको बताइएको छ। यस वर्षाको कारण नेपालको कैयौ इलाकासमेत जलमग्न भएको थियो।

दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको यसअघि नै प्राप्त समाचारमा जनाइएको थियो। मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको थियो।

त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन्।
ती देशमा पनि रेडक्रसको अन्तरराष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ। आपतकालीन व्यवस्थापनका लागि खाद्यान्न लगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .