प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने ट्रयाक्टर धनीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ का ४३ वर्षीय सन्जय लामा रहेका छन्। उनले अवैध नदीजन्य पदार्थ चेकजाँचबाट छुटकारा पाउन प्रहरीलाई घुस दिन खोजेका थिए।
थानाभर्याङबाट संगम चोकतर्फ आउँदै गरेको ना ५ त ८४३२ नं। को बालुवा लोड रहेको ट्याक्टरलाई ड्युटीमा रहेका प्रहरीले रोकी चेकजाँच गर्दा ट्याक्टर चालकसँग कागजात नभएपनि ट्याक्टर धनी लामालाई बोलाएकोमा लामाले प्रहरीलाई घुस दिन खोजेको जनाइएको छ।
प्रतिक्रिया