ad ad

समाज


मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु

मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु

नेपालखबर
साउन २, २०७७ शुक्रबार ६:२२,

भारतको आर्थिक राजधानी सहर मानिने मुम्बईमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात जनाको मृत्यु भएको छ।

दुई फरक स्थानमा भएको यस दुर्घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका बताइएको छ। अरु केही व्यक्ति पुरिएको आशंका पनि गरिएको छ। तर यसको विस्तृत विवरण भने आएको छैन।

मुम्बईको बजार इलाकानजिकको भानुशालीमा आवासीय भवन भत्किएको थियो। त्यसमा परी पाँच जनाको ज्यान गएको बताइएको छ। मुम्बईमा गएको तीन दिनदेखि भारी वर्षा जारी रहेको छ। सो वर्षाका कारण उक्त भवन भत्किएको अुनमान गरिएको छ।

भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारको प्रयास भइरहेको बताइएको छ। मुम्बईको भानुशाली भवन बिहीबार अपरान्ह २ः३० बजे भत्किएको थियो। भवनको केही भाग खसेको र त्यसमा परी पाँच जनाको ज्यान जानुको साथै अरु २३ जना घाइते भएका छन्।

उनीहरुलाई ठूलो संख्याका सुरक्षाकर्मी लगाएर उद्धार गरिएको बताइएको छ। मुम्बइका मुख्यमन्त्री उद्धव ठाकरे सो दुर्घटनास्थलमा पुगेर उद्धार कार्यका लागि निर्देशन दिनुभएको थियो ।मुम्बइको प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट पाँच जनाको शव निकाएको छ।

ती अधिकारीले त्यस भवनबाट अरु केही व्यक्तिलाई भने जीवितै उद्धार गरिएको पनि जनाएका छन्। त्यसैगरी मुम्बईकै मलादा क्षेत्रमा भएको अर्को भवन भत्किँदा अरु दुई जनाको ज्यान गएको छ। सो दुर्घटना बुधबार साँझ भएको एक जना प्रहरी अधिकारीले जानकारी दिएका छन्। रासस–एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .