समाज


कोरोना जितेका व्यक्तिको प्लाज्मा संक्रमितमा परीक्षणको तयारी

कोरोना जितेका व्यक्तिको प्लाज्मा संक्रमितमा परीक्षणको तयारी

नेपालखबर
असार १४, २०७७ आइतबार १३:२५,

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड-१९ संक्रमणबाट गम्भीर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ।

संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुराहरु अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ। परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताए।

उनले भने, ‘लास्ट स्टेजमा पुगेको मान्छेलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भनेर बाहिरबाट पनि आइरहेको छ। हाम्रो इथिकल बोर्डले पारित ग¥यो। छिट्टै सुरु गर्छौ। डिस्चार्ज भएर जानेहरुले पनि हामी दिन्छौँ भनेर भनिरहेका छन्। हामी रिसर्च गर्छौ।’

परिषदले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षणहरु पनि फरक फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ।

परिषदले कोभिड-१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्यांकन सम्बन्धी अनुसन्धान समेत गरेको छ। सरकारले तोकेका कोभिड-अस्पतालका रुपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरुमा अध्ययन गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .