ad ad

समाज


स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

नेपालखबर
असार १२, २०७७ शुक्रबार ७:२८,

मोरङको कानेपोखरीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

गएराति कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्र कुमार गुरुङ र पछाडि सवार झापाको बुद्धशान्ति गाउँपालिका–४ का ३३ वर्षीय लोकेन्द्रकुमार लिम्बुकाे मृत्यु भएको हाे।

त्यस्तै मोटरसाइकललाई  ठक्कर दिएपछि उक्त स्कारपियो अनियन्त्रित भइ सडकमा हिँडिरहेकी  अर्की एक महिलालाई ठक्कर दिएको र ती महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ४० वर्षीय ती महिलाको परिचय खुल्न सकेको छैन्।

स्कारपियोको ठक्करबाट घाइते तीन जनालाई उपचारको लागि मंगलबारे अस्पताल लैजाँदै गर्दा लिम्बु र  ती महिलाको बाटैमा मृत्यु भएको र मोटरसाइकल चालक गुरुङलाई भने थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कारपियो चालक तथा दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेकाे र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .