चितवनस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन्।
चितवनको भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भई हाल भरतपुर महानगरपालिका–४ का २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएका हुन्।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी गरिरहेको छन्।
3
Shares
प्रतिक्रिया