समाज


कुलेखानी जलाशय भरिएपछि टर्बाइनबाट नियन्त्रित निकासकाे प्रयास

कुलेखानी जलाशय भरिएपछि टर्बाइनबाट नियन्त्रित निकासकाे प्रयास

नेपालखबर
असार ३०, २०७६ सोमबार ७:१४,

कुलेखानी इन्द्रसराेवरमा बिहान पानी बढ्ने क्रम बढिरहेकोमा अहिले बढ्ने दर घटेको छ। जलाशय भरिएका कारण टर्बाइनबाट नै नियन्त्रित निकासकाे प्रयास भइरहेकाे आयोजनाले जनाएको छ। बाँध खोल्नुपर्ने अवस्था आएमा समयमा नै एसएमएस सन्देशबाट सम्भावित प्रभाव क्षेत्रमा जानकारी गराइने पनि आयोजनाले जनाएको छ। सतह अहिले १५२६.१८/१५३० छ।

अविरल वर्षातपछि मकवानपुरमा रहेकाे कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिनपुगेकाे हाे। सोमबार बिहान साढे ७ बजेसम्म जलाशयमा पानीको सतह १५ सय २५ दशमलव ५७ सेन्टिमिटर पुगेको थियाे।

आसपासका क्षेत्रमा तीन/चार दिनदेखि लगातार वर्षा भएपछि जलाशयमा पानीको सतह बढेको हो। आइतबार साँझसम्म पानीको सतह १५ सय २० मिटर थियो। राति सतह एक्कासि ५ मिटर बढेको थियाे।

बाढी पूर्वानुमान महाशाखाले नै बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने बताएपछि साेही अनुसार काम भइरहेकाे छ।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो। ०७२ को भूकम्पले ड्याम चर्किएकाले हाल आयोजनामा अधिकतम १ हजार ५ सय २७ मिटर मात्रै संकलन हुँदै आएको छ।

हाल जलाशयमा प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएको आयोजनाले जनाएको छ। विगत दुई वर्षयता कुलेखानीमा पानी भरिएको थिएन। यस वर्ष भारी वर्षा भएकाले आयोजना चाँडै भरिएको हो।

याे पनि : 

भरियो कुलेखानी, बाढी महाशाखाले भन्यो: तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाऔँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .