मास्क नलगाए बोल्सोनारोलाई जरिवान गरिने पनि अदालतले बताएको सीएनएनले जनाएको छ।
बोल्सोनारोले कोरोना भाइरस ‘कोभिड १९’ विरुद्ध लागू गरिएको नियम उल्लंघन गर्दै आएका छन्।
उनले कोरोना भाइरसलाई सामान्य रुघाखोकी भन्दै आएका छन्। त्यसबीचमा कोरोना भाइरसले ब्राजिल निकै प्रभावित बनेको छ।
अहिले ब्राजिल कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको विश्वको दोस्रो राष्ट्र हो। ब्राजिलमा ११ लाख ५१ हजारभन्दा बढी संक्रमित छन्। त्यहाँ ५२ हजारको मृत्यु भइसकेको छ।
धेरै मानिसहरु संक्रमित भइसक्दा र धेरैको मृत्यु भइसक्दा पनि बोल्सोनारो चिकित्सकहरुको सल्लाह अटेर गर्दै मास्क बिना हिँड्छन्।
कोरोना नियन्त्रण गर्न नसकेको भन्दै उनको चर्को आलोचना हुने गरेको छ।
यसबीचमा संघीय अदालतका न्यायाधीश रेनाटो बोरेलिले सोमबार बोल्सोनारोलाई मास्क लगाउन नभए जरिवाना गरिने बताएका हुन्।
मास्क नलगाए प्रत्येक दिन ३८६ अमेरिकी डलर जरिवाना गरिने बताइएको छ।

प्रतिक्रिया