कर्णाली प्रदेशमा सोमबार २६ जना कोरोना संक्रमित भेटिएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा थप २६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।
प्रदेश अस्पताल र पशुपन्क्षी प्रयाेगशाला सुर्खेतमा गरिएकाे परीक्षणका क्रममा संक्रमण पुष्टि भएकाे हाे। थपिएका संक्रमितमा सल्यानका ४, सुर्खेतका १८, दैलेखका तीन र हुम्लाका एक जना रहेका छन्।


प्रतिक्रिया