समाज


प्रदेश २ मा मा कोरोना संक्रमितको संख्या २३ सय ६७ पुग्यो

प्रदेश २ मा मा कोरोना संक्रमितको संख्या २३ सय ६७ पुग्यो

नेपालखबर
असार ३, २०७७ बुधबार ४:५६,

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३ सय ६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा सात महिलासहित प्रदेश २ मा १८५ नयाँ सङ्क्रमित थपिएपछि संक्रमितको संख्या दुई हजार तीन सय ६७ पुगेको हो।

सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ सङ्क्रमित थपिएका प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।

प्रदेश २ बाट मंगलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन्। अहिलेसम्म सङ्क्रमितमध्येबाट ५०६ जना उपचारपश्चात निको भएर घर फर्किएका घिमिरेले बताए।

प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ।

अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ। प्रदेशका ४३९ क्वारेन्टिनमा १२ हजार ३३१, होम क्वारेन्टिनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad