ad ad

समाज


नेपालमा पहिलोपटक नवजात शिशुमा कोरोना देखियाे

नेपालमा पहिलोपटक नवजात शिशुमा कोरोना देखियाे

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ०:३४,

नेपालमा पहिलोपटक नवजात शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाजुराको बूढीगंगा नगरपालिकामा ४ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीका अनुसार स्थानीय धुरालसैन माविको क्वारेन्टिनमै जेठ १५ गते जन्मिएका शिशुमा कोरोना पुष्टि भएको हो।

नेपालमा अहिलेसम्मकै सबैभन्दा कम उमेरकोमा काेराेना संक्रमण पुष्टि भएको घटना यही हो। सोही क्वारेन्टिनमा केही दिनअगाडि २ वर्षीया बालिकाको मृत्यु भएको थियो र स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

ती नवजात शिशुसहित बाजुरा बूढीगंगामा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख अवस्थीले जानकारी दिएका छन्। सुदूरपश्चिमभर संक्रमितको संख्या भने १९१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .