कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहमा १५ वर्षीया एक बालिकामाथि बलात्कार भएको छ।
बालिकालाई बलात्कार आरोपमा बेलौरी नगरपालिका–७ पौलाहकै २५ वर्षीय युवक पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए।
आफ्नै घरको कोठामा एक्लै सुतिरहेको मौका छोपी झ्यालबाट कोठामा प्रवेश गरेर युवकले आफूलाई बलात्कार गरेको बालिकाको आरोप छ। राति घरको पछाडी पट्टीको झ्याल तोडेर कोठामा प्रवेश गरी युवकले बालिकालाई बलातकार गरेका प्रहरी निरीक्षक चन्दले जानकारी दिए।
स्वास्थ्य परीक्षणका लागि बालिकालाई अहिले सेती प्रादेशिक अस्पताल लगिएको छ। बलात्कार आरोपमा पक्राउ पर्ने युवक बालिकाकै छिमेकी हुन्।

प्रतिक्रिया