समाज


राति लुसुक्क आउने चरी बाघले बाख्रापाठा सोत्तर

राति लुसुक्क आउने चरी बाघले बाख्रापाठा सोत्तर

नेपालखबर
असार २९, २०७६ आइतबार ३:५,

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ खैरेनीमा केही दिनदेखि चरी बाघ (लिओपार्ड क्याट) ले आतङ्क मच्चाएको छ।

बाघले गोठमा पसेर स्थानीयका बाख्रा खान थालेको छ। चरी बाघ संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको जनावर हो।

खैरेनीका हिरा धानुकले केही दिनदेखि चरी बाघले गोठमा पसेर तीनवटा बाख्राका पाठा खाइसकेको बताए।

“हेर्दा रातो पाटो देखिन्छ। राति आउँछ, हल्ला गरेपछि भागेर जान्छ”, उनले भने। स्थानीयवासीका अनुसार मानबहादुर रावल र खगेन्द्रका दुई÷दुई तथा हरिना पाण्डेको एउटा बाख्रा चरी बाघले खाएको छ।

अन्य सात बाख्रा दाह्रा गाडेर घाइते बनाएको छ। जिल्ला वन कार्यालयको प्राविधिक टोलीले शनिबार स्थलगत निरीक्षण गरी चरी बाघले पु¥याएको क्षतिको जानकारी लिएको छ।

जिल्ला वन कार्यालयका सहायक अधिकृत जीवछ यादवले स्थानीयवासीले दिएको जानकारीका आधारमा स्थलगत निरीक्षण गरिएको बताए।

“गाउँबाट सूचना आएपछि त्यहीँ पुगेर जानकारी लिएका छौँ। बाख्रा खाएको पनि हे¥यौँ”, अधिकृत यादवले भने, “तर बस्तीमा बाघ त नआउनुपर्ने हो, कहाँबाट कसरी आयो, अचम्ममा छौँ।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad