श्रीलंकाका लागि नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्।
२०७४ वैशाख २३ गते राजदूतमा नियुक्ति पाएका प्याकुरेलले ४ वर्षे कार्यकाल सकिन झन्डै दुई वर्ष बाँकी छँदै राजीनामा दिएका हुन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आउने साउन १ गतेदेखि लागू हुने गरी प्याकुरेलले राजदूतबाट राजीनामा दिएका हुन्।
प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन्। उनको राजीनामा स्वीकृत भएको छ।
अर्थशास्त्रमा विद्यावारिधि डा. प्याकुरेलले राजदूत हुनुअघि लामो समय प्राध्यापन गरेका थिए।
उनी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला राजदूत भएका थिए।
3
Shares

प्रतिक्रिया