काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्दै व्यापारीले पसल खोल्ने र प्रहरीले बन्द गराउने क्रम चलिरहेको छ। यसै क्रममा आज (मंगलबार) बिहान न्युरोडमा व्यापारी प्रहरीबीच धकेलाधकेल भएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा आधारमा पसल खोलिएको भए पनि प्रहरी एक्कासि आएर पसल बन्द गराएको आरोप लगाएका छन्।
बिनाविकल्प लकडाउन लम्ब्याएको भन्दै केही दिनदेखि काठमाडौं उपत्यकाका व्यापारीले अत्यावश्यकबाहेकका पनि पसल खोल्न थालेका हुन्। तर प्रहरीले बन्द गराउँदै हिँड्ने गरेको छ। केही दिनअघि मैतीदेवीमा पनि व्यापारी र प्रहरीबीच विवाद भएको थियो।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई पनि यही सिफारिस गर्ने निर्णय भएको थियो।
यसपछि बौद्धलगायतका क्षेत्रमा अहिले पसल निर्वाध रूपमा खोलिएका छन्। तर न्युराेडका प्रहरीले भने पसल खाेल्न नदिएकाे व्यापारीले बताएका छन्।
प्रतिक्रिया