प्रदेश २ काे जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका १५ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।
अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहका अनुसार सर्लाहीका १४ र जनकपुरका १ जना शुक्रबार साँझ डिस्चार्ज भएका हुन्।
यसअघि यस अस्पतालबाट ८ जना निको भएर घर फर्किसकेका छन्। ४० बेडको आइसोलेसन रहेको प्रादेशिक अस्पतालमा अब १४ संक्रमित बाँकी छन्।
प्रतिक्रिया