ad ad

समाज


कोरोना संक्रमित दुई सैनिक निको भए, १२ आइसोलेसनमा

कोरोना संक्रमित दुई सैनिक निको भए, १२ आइसोलेसनमा

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार ८:२०,

कोरोना संक्रमण देखिएका नेपाली सेनाका दुई अधिकृत निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

मध्यपूर्वी पृतनामा कार्यरत दुवै सैनीक शुक्रबार डिस्चार्ज भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुले जनाएको छ।

जेठ ३ गते संक्रमण पुष्टि भएका उनीहरु १२ दिनमैं निको भएका हुन्।

बलम्बु अस्पतालमा अझै १३ जना बिभिन्न संक्रमित व्यक्तिको उपचार भइरहेको छ।

नेपालमै रहेका दुईसहित कूल ५ जना सैनिक अझै कोरोना संक्रमित छन्। तीमध्ये तीन जना शान्ति मिसनमा गएकाहरु हुन्।

उनीहरुको सम्बन्धित देशमै उपचार भइरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

पृतनाका उच्च अधिकारीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँका २१९ सैनिकको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ।

संक्रमितको सम्पर्कमा रहेका ९ जनाको बुधबार स्वाब संकलन गरिएको थियो। १२ सैनिक अझै आइसोलेसनमा रहेको जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .