ad ad

समाज


रुकुम हत्याकाण्ड : बेपत्ता पाँचौ युवाको शव भेटियो

रुकुम हत्याकाण्ड : बेपत्ता पाँचौ युवाको शव भेटियो

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १०:३,

भेरी नदीमा बेपत्ता थप एक युवाको शव फेला परेको छ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा युवती भगाउन पुगेका जाजरकोटाका भेरी नगरपालिकाका युवाका समूहसँगको झडपपछि बेपत्ता भएका सन्दीप बिकको शव बिहीबार भेरी नगरपालिकाको कालाभुर नजिक शव फेला परेको हो।

सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव फेला पारेको हो। हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरले जनाएको छ।

योसँगै भेरी नदीमा ५ जनाको शव फेला परेको छ। अझै एक जना बेपत्ता छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका ११ का गोविन्द शाही रहेका छन्।

जाजरकोटका नवराज विक रुकुम पश्चिमकी ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना युवा लिएर शनिबार साँझ सोती पुगेका थिए।

उनीहरुलाई साँझ नै गाउँलेले घेरा हालेर लखेटेका थिए। त्यसक्रममा ज्यान बचाउन नदीमा हामफालेका युवाहरु बेपत्ता भएका बताइएको छ।

पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले १८ जनालाई पक्राउ गरेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा केटी, केटीका आमाबाबा र वडाध्यक्षसमेत रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .