समाज


पूर्व सांसद परिवारबारे अफवाह फैलाएको आरोपमा एक जना पक्राउ

पूर्व सांसद परिवारबारे अफवाह फैलाएको आरोपमा एक जना पक्राउ

नेपालखबर
जेठ ११, २०७७ आइतबार ८:२७,

पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अनन्त पौडेल र कोरोना संक्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। निजगढ नगरपालिका १२ रतनपुर घर भएका रिजाललाई वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–५ भैरवरोडबाट पक्राउ गरेको हो।

रिजालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा हेटौँडा–३ मा कोरोना संक्रमित महिला पूर्वसांसद पौडेलकी श्रीमती भएको र घरमा क्यानडाबाट आएको छोरीले पार्टी दिएको, सूर्यले हेटौँडा डुबाउँदैछ भन्ने अफवाह फैलाउने भ्रामक भिडियो पोष्ट गरेका थिए।

पौडेलसहित हेटौँडावासीले रिजाललाई पक्राउ गर्न चौतर्फी दबाब दिएको जनाइएको छ। पक्राउ परेका रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको, घटनाको अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad