वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीय कमल थापा र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ घर भइ हाल काठमाडौँ–७ बस्ने वर्ष ४० की नितु घिमिरे रहेका छन्।
कमल थापाले बेलायत, रोमानिया लगायतका देशहरूमा पठाउने भन्दै तीन जनाबाट २७ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको छ। यस्तै, नितुले अमेरिका पठाइदिने बहानामा तीन जनाबाट २६ लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको उनीहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
66
Shares

प्रतिक्रिया