समाज


काठमाडौँबाट विराटनगर जाँदै गरेको बस दुर्घटना, १७ यात्रु घाइते

काठमाडौँबाट विराटनगर जाँदै गरेको बस दुर्घटना, १७ यात्रु घाइते

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ९:४८, काठमाडौँ

काठमाडौँबाट विराटनगर जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। 

नेपाल प्रहरीका अनुसार, आइतबार बिहान बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस धनुषाको मिथिला नगरपालिका-९, फुटबल ग्राउन्ड नजिक पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

अर्को बसलाई ओभरटेक गर्दा अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। 

दुर्घटनामा १७ जना घाइते भएका छन्। उनीहरूलाई लालगढस्थित मोइल अस्पतालमा भर्ना गरिएको छ। 

बसमा ३३ यात्रु सवार रहेका छन्। अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad