समाज


शैक्षिक सत्र सुरु हुनै लाग्यो, अझै आएन नयाँ पाठ्यक्रमको ढाँचा

शैक्षिक सत्र सुरु हुनै लाग्यो, अझै आएन नयाँ पाठ्यक्रमको ढाँचा

नेपालखबर
बैशाख २०, २०८३ आइतबार १६:५६, काठमाडौँ

सरकारले  भोलि सोमबारदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्दै छ। 

तर नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा समेत पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गर्न सकेको छैन।

सरकारले  शैक्षिक सत्र २० दिन पछि सारेर आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रम ढाँचा बनाउने निर्णय गरेको थियो। 

तर मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र सुरु हुदै लाग्दा पनि पाठयोजनासम्बन्धी कार्ययोजना सार्वजनिक गरेका छैनन्। 

केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरेले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक नभएको बताए।

‘समितिले काम गर्दै छ, अझै केही दिनमा सार्वजनिक हुन्छ होला’, उनले नेपालखबरसँग भने।

निर्देशक घिमिरेले यस वर्षको शैक्षिक पाठ्यक्रम केही समायोजन भएर आउने बताए। 

नयाँ शैक्षिक सत्र झन्डै एक महिना पछि सारेर सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपछि पाठ्यक्रम समायोजन भएको छ। कक्षा सञ्चालन समय अवधि घटेसँगै सोअनुसार नै पाठ्यक्रम समायोजन भएर आउने उनले बताए। 

यस्तै पाठ्यक्रम समायोजन भएर नआउदा शिक्षक र विद्यार्थीमा अन्योल बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad