समाज


रोल्पा बोलेरो दुर्घटनामा १७ जनाको मृत्यु

रोल्पा बोलेरो दुर्घटनामा १७ जनाको मृत्यु

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १८:१, बुटवल

रोल्पामा बोलेरो दुर्घटना हुँदा १७ जनाको मृत्यु घएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। 

बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो। रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। 

उनीहरू रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी जलजला गएका थिए। प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो।

दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ। 

नेटवर्कको समस्याका कारणले घटनाको विषयमा धेरै जानकारी आइनसकेको उनले बताए। प्रहरी टोलीसँग निरन्तर सम्पर्क गर्ने प्रयास भइरहेको उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad