सोलुखुम्बु र सुनसरीमा एक वृद्ध र एक युवक मृत अवस्थामा फेला परेका छन्।
सोलुखुम्बुको सोताङ गाउँपालिका-४ धेर्दो बस्ने ७५ वर्षीय पदम बहादुर राई स्थानीय वनमा मृत भेटिएका हुन्।
स्थानीय वतपुर सामुदायिक वनमा आइतबार उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन।
त्यसैगरि सुनसरीको कोसी गाउँपालिका-१ लौकहीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय युवक मृत भेटिएका छन्।
उनको मृत्युको कारण पनि नखुलेको र प्रहरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
93
Shares

प्रतिक्रिया