बलात्कारमा परेकी धनुषामा एक महिलाले प्रहरीमा उजुरी गरेपछि झन पीडित भएको बताएकी छन्।
प्रहरीले आरोपलाई कारबाही नगर्दा पतिले पनि घरबाट निकालेको उनले गुनासो गरेकी छन्। शनिबार घटनाबारे जानकारी दिँदै उनले पतिले छाडेपछि आफू थप पीडामा परेको दुखेसो गरेकी छन्।
धनुषाको सबैला नगरपालिका-३ की महिलाले गत पुस ६ गते आफू बलात्कारमा परेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन्। तर जाहेरी दर्ता गराएको एक महिनाभन्दा बढी समय बितिसके पनि प्रहरीले दोषीलाई पक्राउ नगर्दा आफू घरबारविहीन अवस्थामा पुगेको उनको भनाइ छ।
पीडित महिलाका दिएको जाहेरीमा गत पुस ६ गते साँझ जनकपुरधाम-४ मुरली चोक क्षेत्रमा ‘प्रसाद’ भन्दै दिएको लड्डु खाएपछि आफू बेहोस भएको र सोही अवस्थाको फाइदा उठाउँदै सबैला नगरपालिका-३ का अमिस महराले जबर्जस्ती गरेको उनले बताएकी छन्। अमिस जनकपुरधामस्थित एक अस्पतालमा कार्यरत रहेको र खुलेआम हिँडडुल गरिरहे पनि प्रहरीले पक्राउ नगरेको उनको गुनासो छ।
आरोपितले घटनाको भिडिओ बनाएर धक्याएको पनि उनले सुनाएकी छन्। त्यसपछि केही बोलेमा भिडिओ सार्वजनिक गरिदिने धम्की दिएर शोषण गरेको उनको भनाइ छ।
साहै भएपछि आफूले प्रहरीमा जोहरी दिएको बताइन्। प्रहरीमा उजुरी दिएपछि पतिले पनि आफूलाई घर निकाला गरेको उनले दुखेसो गरिन्। हाल माइतीघरमा बस्दै आएको बताएकी छन्।
धनुषा प्रहरीले भने घटनाको अनुन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले भने, ‘कसैलाई आरोप लगाउँदैमा कसैलाई पनि पक्राउ गर्न मिल्दैन। घटनाको अनुसन्धान भइरहेको छ, दोषी देखिएकालाई कानुन बमोजिम कारबाही हुनेछ।’
Shares

प्रतिक्रिया