जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौँबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गापा–७, धुसाका ३८ वर्षीय झ्याप्ले कमल न्यौपाने भन्ने कमल बिक रहेका छन्।
उनी काठमाडौँका विभिन्न वडा एरियामा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ मनमैजुबाट पक्राउ गरेको हो।
१० वर्ष कैद सजाय पाएका उनलाई सोही कारागार पठाइएको छ।

प्रतिक्रिया