राष्ट्रिय तथ्यांक कार्यालयले ‘नेपाल श्रमशक्ति सर्वेक्षण’ सुरु गरेको छ। फागुन २८ बाट सुरु भएको सर्वेक्षण वर्षभरी चल्ने भएको छ।
रोजगारीमा रहेको मौसमी प्रभावको असरलाई हटाउन वर्षभरी नै यस सर्वेक्षणमा तथ्याङ्क सङ्कलन गरिने तथ्यांक कार्यालयको सामाजिक तथ्याङ्क महाशाखाका निर्देशक मनोहर घिमिरेले बताए। ‘मुलुकको रोजगारीको अवस्थाबारे यथार्थ जानकारी दिन यो सर्वेक्षण निकै उपयोगी हुनेछ,’ घिमिरेले भने, ‘यसबाट प्राप्त नतिजा तीन तहका सरकार, अध्येता, अनुसन्धाकर्ता लगायत सबैलाई उपयोगी हुनेछ।’
चौथो पटक नेपाल श्रमशक्ति सर्वेक्षण सुरु गरिएको हो। पहिलो पटक आर्थिक वर्ष २०५५/५६ मा, दोस्रो पटक आर्थिक वर्ष २०६४/६५ मा र तेस्रो पटक आर्थिक वर्ष २०७४/७५ मा श्रमशक्ति सर्वेक्षण गरिएको थियो।
यअसघि गरिएको तेस्रो श्रमशक्ति सर्वेक्षणअनुसार, नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ। त्यस्तै, २०७९/८० मा गरिएको नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा अनुसार मुलुकमा बेरोजगारी दर १२.६ प्रतिशत रहेको छ। सोह्रौँ योजनाले आर्थिक वर्ष २०८५/८६ सम्ममा बेरोजगारी दरलाई ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
चौथो श्रमशक्ति सर्वेक्षणमा सात प्रदेशका ग्रामीण र सहरी क्षेत्र तथा काठमाडौँ उपत्यका सहरी क्षेत्र गरी १५ वटा विश्लेषणात्मक क्षेत्रको श्रमसम्बन्धी सूचक प्राप्त हुने गरी नमुना छनोट गरिएको छ। सर्वेक्षणका लागि ९२० प्राथमिक एकाइबाट २०-२० घरपरिवार छनोट गरी
कुल १८ हजार चार सय घरपरिवारसँग प्रत्यक्ष अन्तर्वार्ता गरी तथ्याङ्क सङ्कलन गरिने निर्देशक घिमिरेले जानकारी दिए।
गत फागुन २८ बाट सुरु भएको सर्वेक्षण आउँदो २०८३ फागुन तेस्रो हप्तासम्म सञ्चालन हुनेछ। यो अवधिमा मुलुकभर छनोटमा परेका
यस क्रममा ब्यारेक, ज्ञात्राबास जस्ता संस्थागत घरमा सामूहिक रूपमा एउटै मेसमा खाना खाने घरपरिवार, विदेशी कूटनीतिक नियोग भित्रका घरपरिवार, शरणार्थी शिविरमा सोधिएका व्यक्तिगत विवरण भने गोप्य राखिने घिमिरेले बताए।
राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको श्रम तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले सञ्चालन गर्ने यो एक प्रकारको घरपरिवार सर्वेक्षण हो। यस सर्वेक्षणबाट सन्दर्भ अवधिको रोजगारी, बेरोजगारी, बेरोजगारी दर, अर्धबेरोजगारी, श्रमको अल्पउपयोग, बालश्रम, बाध्यकारी श्रम जस्ता महत्त्वपूर्ण श्रम तथ्याङ्क उपलब्ध हुनेछन्।
Shares

प्रतिक्रिया