नेपाली सेनाको पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन–२०८२ सञ्चालन भएको छ।
मुख्य सम्मेलन केन्द्र, नं. ३ बाहिनी अड्डा, खैरेनीटारमा प्रधान सेनापति अशोक राज सिग्देल र अन्य ५ वटा उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा सञ्चालन भएको यस सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब दश हजार अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो।
नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल सन्देशका साथ सञ्चालन भएको सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिला र ४ जना सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने २ जना अभिभावकलाई सम्मान गर्नुका साथै सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा–पत्र एवं पुरस्कार वितरण गरिएको थियो।
सोही क्रममा फरक क्षमता भएका तथा अशक्त १३ जना भूतपूर्व सैनिकहरूलाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो।
यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरू बिचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यवहारिक सुझाव सङ्कलन गरी हिताधिकारीहरुलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
यस वर्षको भूतपूर्व सैनिक सम्मेलनको तेस्रो तथा अन्तिम चरणको कार्यक्रम मध्य पूर्वी पृतना अन्तर्गतका जिल्लाहरूआगामी वैशाख ३ र ५ गते आयोजना हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।









Shares

प्रतिक्रिया