समाज


फेरि थपिए ५ संक्रमित*, आजै ७ जनामा काेराेना पुष्टि, कूल संख्या २५०

फेरि थपिए ५ संक्रमित*, आजै ७ जनामा काेराेना पुष्टि, कूल संख्या २५०

नेपालखबर
जेठ १, २०७७ बिहिबार २:२८,

नेपालमा फेरि थप पाँच कोरोना संक्रमित थपिएका छन्।

केही बेरअघि मात्र दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगत्तै अन्य ५ जना पनि संक्रमित देखिएकाे जानकारी दिएकाे हाे। योसमेत आजै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

ती ७ संक्रमितमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार काठमाडौं चन्द्रगिरिका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी ६ वर्षीया बालिका, सर्लाही धनकाैल नगरपालिकाका ४५ वर्षीय पुरुष धनुषा जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाका २० वर्षीय युवक, महाेत्तरीका जलेश्वर नगरपालिकाका १६ वर्षीय किशाेर र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे हाे। 

सबै गरेर अहिलेसम्म नेपालमा काेराेना संक्रमितकाे कूल संख्या २ सय ५० पुगेकाे छ। 

*नाेट: स्वास्थ्य मन्त्रालयको जुन विज्ञप्तिमा आधारित भई यो समाचार तयार पारिएको थियो, सो विज्ञप्ति नै त्रुटिपूर्ण भनी मन्त्रालयले जानकारी गराएको छ। सोहिअनुसार मन्त्रालयले देशभर संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ। -सं.

स्वास्थ्य मन्त्रालयले सच्यायो त्रुटि, कोरोना संक्रमित २४५ मात्र

bigyapti123

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad