समाज


नेपाली सेनाले माग्यो स्वास्थ्यकर्मी र शिक्षकसहित ६६ जना कर्मचारी

नेपाली सेनाले माग्यो स्वास्थ्यकर्मी र शिक्षकसहित ६६ जना कर्मचारी

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८२ आइतबार १०:४०, काठमाडौँ

नेपाली सेनाले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। 

सैनिक कल्याणकारी निर्देशनालयले आइतबार सूचना जारी गर्दै करार सेवामा पूर्णकालीन र आंशिक फ्ल्याट बेसिसमा काम गर्नेगरि६६ जना  कर्मचारी माग गरेको हो। 

त्यसरी माग गरिएका कर्मचारीमा स्वास्थ्यकर्मी, शिक्षक, प्राविधिक लगायत छन्।

वीरेन्द्र अस्पताल छाउनीमा ११ जना स्वास्थ्यकर्मी माग भएको छ। 

त्यसैगरि स्वास्थ्य सेवा महाशाखा छाउनीमा तीन जना, व्यवसायी कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङमा २ जना, सैनिक आवासीय महाविद्यालय भक्तपुरमा ५ जना, सैनिक आवासीय महाविद्यालय बर्दिबासका लागि ८ जना, सैनिक आवासीय महाविद्यालय सुखेतका लागि तीन जना, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय विजेश्वरीमा ९ जना, सैनिक आवासीय महाविद्यालय बुटवलका लागि सात जना कर्मचारी माग भएको हो। 

हेर्नुहोस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad