दाङमा श्रीमान–श्रीमती सवार स्कुटरलाई टिपरले ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।
तुलसीपुर–हापुरे सडक खण्ड अन्तर्गत तुलसीपुर–९ दुधेना चमिखोला नजिकै तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको रा.७ प ६३३१ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको रा.१ ख २३०८ नम्बरको टिपरले गएराति ठक्कर दिएको हो।
दुर्घटनामा तुलसीपुर–९ निवासी अन्दाजी ४९ वर्षिय पुष्पा कडेँलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिए।
पुष्पाका श्रीमान दुर्गा कडेँलले स्कुटर चलाएका थिए। दुर्घटनमा दुर्गा पनि घाइते भएका छन्। तर, उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका टिपर चालकलाई प्रहरीले नारायणपुरबाट नियन्त्रणमा लिएको छ।
555
Shares

प्रतिक्रिया