समाज


रमजानका अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण

रमजानका अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण

नेपालखबर
चैत ४, २०८२ बुधबार १७:५, काठमाडौँ

मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ। 

नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधबार काठमाडौँको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो।

मुस्लिमहरूको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए। उनकाअनुसार प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति र नुन लगायतका सामग्री उपलब्ध गराइएको छ।

उनले यसवर्ष रमजानको अवसर पारेर काठमाडौँको मैतीदेवी क्षेत्रमा २ सय र यसअघि बारा जिल्लामा १ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताए। नेपाल–भारत मिल्लत परिषद् केन्द्रले हरेक वर्ष रमजानको समयमा सहयोग गर्दै आएको उनले जानकारी दिए। उनले यसअघि भूकम्प, कोभिड लगायतको समयमा पनि उक्त संस्थाले सहयोग गरेको बताए।

अन्सारीकाअनुसार रमजानको पवित्र महिनामा आर्थिक रूपमा कमजोर परिवारले पनि सहज रूपमा चाडपर्व मनाउन सकुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको हो।

उनले भने, ‘नेपाल भारत मिल्लत परिषद् केन्द्रले हरेक वर्ष रमजान पर्वको अवसरमा एकल महिला, खाद्यान्नको समस्या भएका व्यक्तिहरुलाई एक महिनालाई पुग्ने राहत वितरण गर्ने गरेका छौँ। एक बोरा चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति, नुन लगायतका सबै सामाग्री वितरण गर्ने गरेका छौँ। २५ केजी चामलको बोरा रहेको छ। यसले उनीहरुको घरमा पनि चाडपर्व मनाउन, रमाईलो गर्न सहज होस् भन्ने हिसावले हामीले आज २ सय भन्दा बढी परिवारलाई वितरण गरेका छौँ। यो भन्दा पहिला पनि हामीले बारा जिल्लामा १५० घरपरिवारलाई वितरण गरेका थियौँ।’

उनले ईस्लामले आवश्यक परेमा बेलामा अरुलाई सहयोग गर्नु नै धर्म भन्ने सिकाएकोले दुःखी गरिबहरूलाई सहयोग गरेको बताए।

नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको संयुक्त पहलमा ३ सय भन्दा बढी घरपरिवार लाभान्वित भएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad