मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना भएको छ।
शनिबार गोरखाको सहिद लखन गाउँपालिका-३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।
दुर्घटनामा मृत्यु हुनेमा सबै भारतीय नागरिक रहेको विकले बताए। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।
प्रहरीका अनुसार माइक्रो बसमा १४ जना सवार रहेको जानकारी आएको छ। उनीहरूमध्ये ८ जनाको उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको छ।
411
Shares

प्रतिक्रिया